काठमाण्डौ । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा ध्रुवराज थापा चयन भएका छन् ।

संघको बिहीबार सम्पन्न चुनावमा थापा निर्विरोध चयन भएका हुन् । संघको उपाध्यक्षमा ताराप्रसाद पोखरेल र महासचिवमा जयन्द चुडाल पनि निर्वाचित चयन भएका छन् ।

निर्वाचित अध्यक्ष थापा कसमस सिमेन्ट उद्योग प्रालि, उपाध्यक्ष पोखरेल अग्नि सिमेन्ट इन्डस्ट्री प्रालि र महासचिव चुडाल विशाल सिमेन्ट इन्डस्ट्री प्रालिमा आबद्ध छन् ।

त्यस्तै संघको पाँचजना सदस्यमा क्रमशः विकास गुगड ( युनाइटेड सिमेन्ट इन्डस्ट्री प्रालि), राजेन्द्र भट्टराई (एमजेपी सिमेन्ट प्रालि), राजनकुमार झा (इन्टरनसेनल सिमेन्ट इन्डस्ट्री प्रालि), केशवप्रसाद उप्रेती (केपी सिमेन्ट इन्डस्ट्री प्रालि) र सुरेन्द्र गोयल (शिवम सिमेन्ट प्रालि) चयन भएका छन् । उनीहरु सबै पनि निर्विरोध चयन भएका हुन् ।