काठमाण्डौ । लोकसेवा परीक्षा विशेष सामग्री प्रस्तुत गर्दै आएको ‘बिजशाला’ यो साता नजिकिँदै नेपाल राष्ट्र बैंकको प्रथम चरणको पूर्वयोग्यता परीक्षालाई लक्षित गरी उपयोगी सामग्री पस्कन गरिरहेका छौँ ।

लोकसेवा विशेष सामग्रीप्रति हामीलाई उचित सरसल्लाह दिँदै आउनुभएका पाठकहरुकै अनुरोधमा हामी नेपाल राष्ट्र बैंकले लिन लागेको विभिन्न तहको परीक्षापूर्व लिइने योग्यता परीक्षालाई लक्षित गरी यो सामग्री तयार गरेका हौँ । यसलाई परीक्षाको तयारी गरिरहेकाहरुले रुचाइदिनुहुन्छ भन्ने हामीलाई विश्वास छ ।

यसपालिकाको सामग्रीमा हामीले पूर्वयोग्यता परीक्षामा सहयोगीसिद्ध होस भनेर समसामयिकदेखि लिएर परीक्षामा पर्न सक्ने खालाका सम्भावित प्रश्नहरुको एउटा नमुना सेट पनि तयार गरेका छौँ । त्यसलाई हल गर्ने प्रयास गर्नुहोला । 

महत्वपूर्ण समसामयिक गतिविधि

बैंक अफ दी एयर, २०१९

बैंक अफ दी एयर, २०१९ मेगा बैंक नेपाल लिमिटेडले जितेको छ । यो अर्वाड दी बैंकर्स म्यागजिनले प्रदान गरेको हो । सन् २०१९ नोभेम्बर ९ मा लन्डनमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो ।

थपिय नयाँ ६ भाषा

२०६८ को जनगणनाअनुसार १२३ भाषा रहेकोमा भाषा आयोगको प्रतिवेदनमा थप ६ नयाँ भाषा थप गरिएको छ  । 

थप भएका ६ भाषाहरु –

  • राना थारू
  • नार फु
  • चुम/स्यार
  • नुब्री/लार्के
  • पोइके
  • सेराके/सेके

(नोटः थप गरिएका भाषाहरु भाषा आयोग प्रतिवेदनमा उल्लेख छ।)

भाषा आयोगले २०७६कात्तिक १८ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

पाँचौँ विश्व सम्मेलन नेपालमा

 वि.सं. २०७६ कार्तिक १९ देखि शुरु भई सम्मेलन चार दिनसम्म चलेको थियो । सो अन्तराष्ट्रिय सम्मेलन दक्षिण एशियामै नेपालमा पहिलो पटक भएको हो । राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको उक्त कार्यक्रम समापन गरिएको थियो । पोषणसम्बन्धी सेवाहरुको विस्तार (स्केलिङ अफ न्युट्रेशन–सन) मा सहभागि हुने नेपालसहित विश्वका ८० देश सहभागी भएका थिए । ८० देशका १ हजार २०० प्रतिनिधि सहभागी भएको थियो । नेपाल सन अभियानको सक्रिय सदस्य देश हो ।

नोट– सो अभियानको पहिलो सम्मेलन २०१३ मा अमेरिकाको न्युयोर्क, दोस्रो सन् २०१४ मा इटलीको रोम, तेस्रो सन् २०१५ इटलीकै मिलान र चौथो सन् २०१७ मा अविदजान, कोट डी आइभोरीमा सम्पन्न भएका थिए ।

सातै प्रदेशले पायो नयाँ प्रदेश प्रमुख 

मन्त्रिपरिषद्ले वि.सं. २०७६ कार्तिक १८ गते सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ ।

को–को कहाँका नयाँ प्रदेश प्रमख

  •  प्रदेश नम्बर १ – सोमनाथ अधिकारी प्यासी (कास्की)
  •  प्रदेश नम्बर २ – तिलक परियार (बाँके)
  •  प्रदेश नम्बर ३ – विष्णुप्रसाद प्रसाई (झापा)
  •  गण्डकी प्रदेश – अमिक शेरचन (चितवन)
  •  प्रदेश नम्बर ५ – धर्मनाथ यादव (सिराहा)
  •  कर्णाली प्रदेश – गोविन्दप्रसाद कलौनी (डडेल्धुरा)
  •  सुदूरपश्चिम प्रदेश – शर्मिला कुमारी पन्त (चितवन)

लेखक – तिलाचन सापकोटा

तलको नमुना सेट हल गर्नुहोस्–