काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 
बैंकको सञ्चालक समितिको आज बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपैयाँको १०.५ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँबराबरको बोनस सेयर र ८.५ प्रतिशतले हुन आउने १ अर्ब ९ करोड ३९ लाख २८ हजार ६७४ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरेको हो । 
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।