काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा ३३.३२ प्रतिशतको छलाङ मारेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ४० करोड २५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा ३० करोड १९ लाख रुपैयाँ थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १४ करोड ८६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ५५ करोड ९४ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ४० करोड ६ लाख रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ७४ करोड ७९ लाख रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ६९ करोड ३ लाख रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा ५९ अर्ब ३७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ८५ लाख रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ५९ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष रिजर्भको आकार ३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।