काठमाण्डौ । नेपालको अग्रणी नेपाल बैंक लिमिटेडले करिब २३ वर्षपछि गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । 
बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 
बैंकले चुक्तापुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने बोनस सेयर र १० प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । 
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।