काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको सञ्चालक समितिको गत मंसिर १२ गते बसेको बैठकले आगामी पुस १२ गते कास्कीको पोखरामा वार्षिक साधारणसभाको मिति तय गरेको हो ।

साधारणसभामा मुख्य अजेन्डाका रुपमा राखिने गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ३ लाख ९३ हजार २४५ रुपैयाँबराबरको नगद लाभांश पारित हुनेछ । 

साधारणसभामा र लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । संस्थाको बोनस सेयरको हकदार बन्न मंसिर ३० गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।