काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्यारेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश चुक्तापुँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५२.६९ रुपैयाँको ५ प्रतिशतले हुन आउने ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँबराबरको बोनस सेयर र २.८९ प्रतिशतले हुन आउने ३ करोड १७ लाख १२ हजार ९०३ रुपैयाँबराबरको नगद लाभांश (बोसन सेयर करसहित) रहेको छ ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।