काठमाण्डौ । नेपाली सेनाले मंगलबार ठूलो संख्या कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालयअन्तर्गतको कार्यरथी विभागले सैनिक जवानदेखि उपसेनानीसम्म २ हजार ४५८ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले देशभर सैन्य पदमा कुल १ हजार ८८० कर्मचारीका लागि भर्ना खुलाएको छ । त्यस्तै प्राविधिकतर्फ उपसेनानीदेखि सिकर्मीसम्म ५७८ जना कर्मचारी माग गरेको छ । 

लेखा उ.से., विभिन्न ट्रेडका प्रा.उ.से., पाइल उ.से., प्रा.उ.से., डिस्प्याचर, प्रा.उ.से. एयर ट्राफक कन्ट्रोलर, प्रा.सु., सैनिक उपचारीका, लेखा जम.क., स.प.हु. (सहाय पण्डित हुद्धा), अ.क. (अमल्दार कर्मचारी), प्रा.अम. मेकानिकल/अटोमोबाइल, प्रा.अम. एभियोनिक्स/इलेक्ट्रिक/इलेक्ट्रोनिक्स), प्राविधिक बिल्लादार, सैन्य, विभिन्न ट्रेडका सैन्य (सैन्य मेडिकल, सैन्य खेलाडी, सैन्य ड्राइभर) तथा फलोवर्स पदहरुका लागि दरखास्त खुलाइएको छ ।

ठूलो संख्यामा माग गरिएको सैन्य पदका लागि कम्तीमा ८ कक्षा उत्तीर्ण हुनुपर्छ भने अन्य पदका लागि सम्बन्धित विषयमा तालिम प्राप्त गरेको हुनुपर्नेछ । सैन्य पदतर्फ पुरुषका लागि १८ वर्ष पूरा भई २२ जगाए ननाघेको र वहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै सबै ट्रेडका फलोवर्स पदका लागि १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुनुपर्नेछ ।

प्राविधिकतर्फ विभिन्न फाँटका प्रा.उ.से. पदतर्फ भने पुरुषका लागि १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको र महिलाका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ । प्रा.सु. सैनिक उपचारीका पदका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यसैगरी जम.क., स.प.हु, अ.क., प्रा.अम. तर्फ सबै फाँटका कर्मचारीका लागि पुरुषको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

दरखास्त उपत्यका बाहिर सम्बन्धित नजिकका भर्ना केन्द्रहरु तथा काठमाण्डौ उपत्यकाको हकमा नारायणहिटी उत्तरतर्फको गेटको श्री नेपाल क्याभल्रीको खेल मैदानमा दरखास्त फाराम पेस गर्नुपर्नेछ । दरखास्त फागुन ७ गतेसम्म पेस गर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त बुझाउन सकिनेछ ।