काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका वैध कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक  चन्डेश्वर नन्दराज वैद्यले दुवै संस्थाका कर्मचारीहरूको उपस्थितिका बीच हस्ताक्षर गरे ।

अब बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेस्टमेन्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् ।

चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्युट (सीएनएचएमआई) काठमाडौंमा रहेका निजी क्षेत्रका प्रमुख अस्पतालहरूमध्ये एक हो, जुन राजधानीको केन्द्रमा अवस्थित छ भने आधुनिक सुविधाहरूसहित उत्कृष्ट प्रकारका साधारण था विशेषज्ञ चिकिसकीय सेवाहरू उपलब्ध छन् ।सन् २०१३ को डिसेम्बरदेखि सञ्चालन आरम्भ भएको चिरायु अस्पतालले भर्ना गर्नुपर्ने र भर्ना नभइ उपचार गर्नुपर्ने सवै किसिमका बिमारीहरूका लागि  उच्च गुणस्तरीय र सस्तो स्वास्थ्य हेरचाह सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले ८२ शाखा, १२४ एटीएम, १६ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५७ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको जनाएको छ ।