काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडले  सर्वसाधारणका लागि ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको कुल ३ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनका लागि यो कम्पनी धितोपत्र बोर्ड पुुगेको हो । 

यसको आइपीओ निश्कासनका लागि एनएमबी क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । सर्वसाधारणका लागि निश्कासन गर्न लागिएको आइपीओलाई इक्रा नेपाललाई आइपीओ ग्रेड फोरको रेटिंग प्रदान गरेको छ । 

नेपाल हाइड्रो डेभलपर लिमीटेडले दोलखामा ३.५२ मेगावाटको चरणवती जलविद्युत आयोजना निर्माण गरेको छ । यो आयोजनाबाट वार्षिक रुपमा ३७.२९ गिगावाट बिजुली उत्पादन हुने गर्छ । यसअघि २०७३ मंसिर २६ देखि पुस ११ सम्म यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ करोड ६० लाख मूल्यका कुल २ लाख ६० हजार कित्ता सेयर आइपीओ गरेको थियो । 

आइपीओपछि यो कम्पनीको चुक्तापूँजी २६ करोड रुपैयाँको उचाईमा पुुग्नेछ । सर्वसाधारणका लागि आइपीओ जारी गरेपछि कम्पनीमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण र संस्थापक सेयरधनीको सेयर स्वामित्व संरचना १०ः १५ः ७५ प्रतिशत कायम हुनेछ ।