काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले निकट भविष्यमै रु. ४ अर्बको ऋणपत्र निष्कासन गर्न लागेको छ।

बैंकले ‘८.५% एनआईबीएल डिबेन्चर–२०८४’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। यो ऋणपत्रलाई इक्रा नेपालले (आईसीआरएएनपी) एलए रेटिङ प्रदान गरेको छ।

यो रेटिङ प्राप्त गर्ने धितोपत्र उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता उपकरणहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।