काठमाण्डौ । के तपाई नयाँ मोवाइल किन्ने सोंच बनाइरहनुुभएको छ ? त्यसो हो भने हतारमा निर्णय नलिनुुहोस् । अन्तर्राष्ट्रिय बजारमा हालै लञ्च भई नेपाल भित्रिने क्रममा रहेका केही स्मार्टफोनतर्फ पनि नजर दौडाउनुहोस् । तपाईको नजरलाई खिच्नसक्ने आकर्षक क्षमता र दमदार विशेषतासहित सामसङको ग्यालेक्सी एस–८ प्लस लगायत केही फोनहरु बजारमा आउँदै छन् । 

सामसङ, माइक्रोम्याक्स, लेनोभोले जारी जुन महिनाको सुरुवातमा आफ्नो नयाँ स्मार्टफोन लञ्च गरेका छन् । यी फोनहरुमार्फत कम्पनीले ग्राहकहरुलाई थोरै बजेटमै धेरै विशेषता दिने चाहेका मिडिया रिपोर्टमा बताइएको छ । 

पुराना स्मार्टफोन बेचेर नयाँ लिन गइरहनुुभएको छ भने यी नयाँ संस्करण तपाईको रोजाईमा पर्न सक्छन् । केही सातापछि नै यी फोनहरु नेपालमा भित्रिदैछन्, त्यतिञ्जेलसम्म थाहा पाइराख्नुहोस्, ती मोवाइलको विशेषताहरु :

ब्राण्ड : Moto-C
मूल्य : करिब १० हजार रुपैयाँ


मिडिया रिपोर्टका अनुसार मोटोरोलाले नेपाली बजारलाई समेत लक्षित गरी आफ्नो नयाँ बजेट स्मार्टफोन लञ्च गरेको छ । केही अफलाइन स्टोर्सहरुमा यसको बिक्री सुरु भइसके पनि नेपालमा भने आइसकेको छैन । 

यस्तो छ विशेषता :
डिस्प्ले : ५ इञ्च
-याम : १ जीबी
इन्टरनल मेमोरी : ८ जीबी
क्यामेरा : ५ एमपी
फ्रन्ट क्यामेरा : २ एमपी
प्रोसेसर : मिडिया टेक क्वाड कोर प्रोसेसर
ब्याट्री : २३५० mAh

ब्राण्ड :Moto Z2 Play
मूूल्य : करिब ५४ हजार रुपैयाँ


लेनोभोले यो स्मार्टफोनलाई जुन महिनामै लञ्च गरेको छ । हालका लागि यो फोन अमेरिकी बजारमा मात्रै लञ्च भएको छ, नेपाल आउन केही महिना लाग्नसक्छ । 

यस्तो छ विशेषता :
इन्टरनल मेमोरी : ३२ जीबी
-याम : ४ जीबी
एक्सपाण्डेबल : २ टीबी
ब्याट्री : ३००० mAh
क्यामेरा : १२ एमपी, रियर क्यामेरा/ फ्रन्ट ५ एमपी
डिस्प्ले : ५.५ इञ्च फूल एचडी

ब्राण्ड :Yureka Black
मूल्य : करिब १६ हजार रुपैयाँ


माइक्रोम्याक्सको पार्टनर यू टेलिभेञ्चर्सले यूरेका ब्ल्याक लञ्च गरेको छ । ६ जुनबाट यो फोन भारतमा लञ्च भएको छ र यही साताभित्र नेपाल आइपुुग्नेछ । यो फोन तत्काल दुुई रंगमा उपलब्ध हुनेछ । 

यस्तो छ विशेषता :
डिस्प्ले : ५ इञ्च फूल एचडी
-याम : ४ जीबी
इन्टरनल स्टोरेज : ३२ जीबी
क्यामेरा : १३ एमपी, रियर क्यामेरा । ८ एमपी फ्रन्ट क्यामेरा
ब्याट्री : ३००० mAh

ब्राण्ड : सामसङ ग्यालेक्सी एस–८ प्लस
मूल्य : करिब ९८ हजार ९ सय


सामसङले ग्यालेक्सी–८ बाट राम्रो रेसपोन्स पाएपछि  ग्यालेक्सी एस–८ प्लसको खास भेरिएन्ट लञ्च गरेको छ । यो खास भेरिएन्ट निकट भविष्यमै नेपाल आइपुुग्नेछ । 

यस्तो छ विशेषता : 
–यसमा ६ जीबीको र्याम र १२८ जीबीको इन्टरनल मेमोरी हुन्छ
–-याम र इन्टरनल मेमोरी बाहेक यसका अन्य विशेषता लगभग सामसङ ग्यालेक्सी एस–८ प्लसको जस्तै छ । यो फोनको साथमा एक वायरलेस चार्जर पनि फ्रिमै पाइन्छ ।