काठमाण्डौ । नेपाल बंगलादेश बैंक (एनबी) को हकप्रद शेयर बिक्री प्रक्रियामा अनियमितता भएको रहस्य खुलेको छ । 

बैंकको हकप्रद शेयर बिक्री प्रक्रिया अपारदर्शी भएको भन्दै उच्च अदालत पाटनमा परेको रिटमा उच्च अदालतका न्यायाधीशहरु प्रमोदकुमार श्रेष्ठ र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले नेपाल बंगलादेश बैंक र बैंकको हकप्रद सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललाई निवेदकसँग सम्बन्धित हकप्रद शेयरको लिलाम तथा बाँडफाँडलगायतको काम कारबाही नगर्नू नगराउनू भनी आदेश दिएपछि सो रहस्य खुलेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।