काठमाण्डौ ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले दुुईवटा आर्थिक वर्षका लागि वार्षिक साधारणसभा(एजीएम) एकसाथ आह्वान गरेको छ । 

यो बिमा कम्पनीले आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ का लागि ६७ र ६८ औं वार्षिक साधारणसभा एकसाथ आगामी भदौ ३० गते आह्वान गरेको हो । काठमाण्डौको कमलपोखरीस्थित रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा दुवै साधारणसभा एकसाथ बोलाइएको हो । 

संचालक समितिको सिफारिस बमोजिम कम्पनीको सेयर प्रिमियम खातामा रहेको रकममध्येबाट ५ प्रतिशतले हुने १ करोड ४३ लाख ८० हजार ४ सय १० रुपैयाँ बोनस सेयर र सोमा लाग्ने कर बापतको रकम ७  लाख ५६ हजार ८ सय ६४ रुपैयाँ प्रदा गर्ने प्रस्ताव विशेष प्रस्तावको रुपमा साधारणसभामा पेश हुने कम्पनीले जनाएको छ । 

सो साधारणसभाले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापूँजीको १ बराबर १ को अनुपात(१०० प्रतिशत) हकप्रद सेयर जारीको प्रस्ताव समेत विशेष प्रस्तावको रुपमा पारित गर्ने कार्यक्रम छ । 

साधारणसभामा कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि, संचालक समितिको २०७१/७२ तथा ०७२/७३ को प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, दुवै आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरुमाथि छलफल गरी पारित गर्ने बुँदाहरुलाई समेत प्रस्तावको रुपमा पेश गरिने बताइएको छ ।