काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड प्राप्त गरेको छ । 

न्यू बिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७”को अवसरमा यस कम्पनीलाई सो अवार्डबाट सम्मानित गरिएको हो । 

कम्पनीले गत आ.व. २०७३/०७४ को अवधिमा बैदेशिक रोजगार व्यवसाय समेत गरी प्रथम बर्ष बीमा शुल्क आम्दानी करिब रु.४२१ करोड भन्दा बढी हासिल गरेको तथा कुल बीमाशुल्क आम्दानी करिब रु.१२.२२ अर्ब हासिल गरेको छ । कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजार हिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा उभिन सफल भएको छ ।