काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा २ करोड १८ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले ९ करोड ४४ लाख रुपैयाँ बिमा शुल्कबाट आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८ करोड ७७ लाखमा सीमित थियो । 

यस्तै, अघिल्लो वर्ष २ करोड १३ लाख रहेको पुनर्बिमा कमिसनबाट हुने आय बढेर ३ करोड १३ लाख, ५९ लाखमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर १ करोड ३ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा कम्पनीले २ करोड ४४ लाखको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ५ करोड ८४ लाख थियो । 

यो कम्पनीले समीक्षा अवधिमा व्यवस्थापन खर्च घटाएको छ । अघिल्लो वर्ष ३ करोड ८० लाख रहेको यस्तो खर्च घटेर समीक्षा अवधिमा ३ करोड ६७ लाखमा झरेको हो । 

अघिल्लो वर्षको यही अवधिमा ११ हजार १ सय ८२ रहेको जारी बिमालेखको संख्या यो वर्ष १२ हजार ६ सय ६१ पुुगेको छ ।

कम्पनीले बिमा कोषमा निकै ठूलो फड्को मारेको छ । अघिल्लो वर्ष ८ करोड ६९ लाख रुपैयाँ रहेको कोषमा यो वर्ष १४ करोड ९६ लाख रकम जम्मा भएको छ । १४ करोड २१ लाखमा सीमित जगेडाकोषको आकार बढी १५ करोड ९९ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी ८.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०२.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७८.७१ गुुणा कायम भएको छ ।