काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले जीवन बिमाको बजार बिस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक सेवा उपलब्ध गराउने उद्देश्यले झापा जिल्लाको चन्द्रगढीमा स्थापना गरेको उपशाखा कार्यालय बिमा समितिका निमित्ति कार्यकारी निर्देशक श्रीमान कार्कीले औपचारिक उद्घाटन गरेका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बिमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले जीवन बिमा क्षेत्रले केही समयदेखि अर्थतन्त्रमा उत्साहजनक योगदान पुर्याइरहेको र यो क्षेत्रले बैकिङ क्षेत्रसँग स्वस्थ प्रतिस्पर्धा एवम् परिपूरक क्षेत्रको रुपमा भूमिका निर्वाह गर्दै आएको बताए । उनले उपशाखा कार्यालयको स्थापनाबाट स्थानीय स्तरमा बिमितले सेवा प्राप्त गर्ने र यसले बिमा बजारको विकासमा थप सहयोग पुुग्ने बताए । 

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीको बजार बिस्तार रणनीति अन्तर्गत चालुु आर्थिक वर्षमा शाखा तथा उपशाखा कार्यालय बिस्तारमा जोड दिंदै आएको र प्रतिस्पर्धात्मक वातावरण एवम् अग्रणी कम्पनीको नाताले बिमितको सर्वोपरि हितका लागि आवश्यक मापदण्डहरु के के हुन् ती बिषयमा आम नागरिकहरुलई जागरुक बनाउने उद्देश्य राखिएको बताए । साथै, उनले कम्पनीले अभिकर्ताहरुलाई समाजमा स्थापित गर्न भरमग्दुर प्रयास गरेको, फलस्वरुप आज कम्पनीका अभिकर्ताहरु समाजका महत्वपूर्ण संवाहकको रुपमा स्थापित भएकामा आफूलाई गर्व लागेको बताउँदै कम्पनीका हजारौं प्रतिबद्ध अभिकर्ताहरु एवम् कर्मचारीहरुले बिमितको सर्वोपरि हितलाई ध्यानमा राख्दै बिमितको प्रतिफल वृद्धि तथा दिगो व्यवसाय हासिल गर्नेतर्फ कार्य गर्दै आएको फलस्वरुप कम्पनीले यो क्षेत्रमा अग्रणी स्थान हासिल गरेको बताए ।

कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल बिमा शुल्क आम्दानी करिब ३ अर्ब ८० करोड रहेको छ । कम्पनीको खूद नाफा गत वर्षको सोही अवधिको तुलनामा तीनगुणाले वृद्धि भई करिब १७ करोड ७५ लाख पुुगेको छ । यसैगरी, कम्पनीको जीवनबिमा कोष २६.४७ प्रतिशतले वृद्धि भई करिब ४३ करोड ३६ लाख तथा कुल लगानी करिब ४०.५५ प्रतिशतले वृद्धि भई करिब रु. ५० अर्ब भन्दा बढी भएको छ । यसैगरी, बिमितहरुलाई ६५ देखि रु.८२ सम्मको र्वाधिन बोनसदर प्रदान गरी समग्र जीवन बिमा क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ ।