काठमाण्डौ । देशकै पहिलो बैंक, नेपाल बैंक लिमीटेडले थप सार्वजनिक निश्कास( एफपीओ) गर्ने भएको छ । 

बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ प्रिमियम मूल्यमा निश्कासनको निर्णय गरेको हो । 

थप सार्वजनिक निश्कासनपछि बैंकको चुक्तापुँजीमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ थप हुनेछ । 

बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भई धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि एफपीओ निश्कासनको बाटो खुल्नेछ ।