काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि बोनस सेयर र नगद लाभांश वितरणको डबल अफर सार्वजनिक गरेको छ । 

यो कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको २६२ औं बैठकले कम्पनीको आगामी वार्षिक साधारणसभाको मितिमा तत्काल कायम रहने सेयरधनीका लागि आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट विद्यमान चुक्तापूँजीको ४२ प्रतिशतका दरले बोनस सेयर र २८.५३ प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव बिमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा बिमांकीय मूल्यांकनअघि ४१ करोड ६५ लाख नाफा कमाएको थियो।

हाल यो कम्पनीको चुक्तापूजी ३ अर्ब ९ करोड र रिजर्ब ५ अर्ब २ करोड रहेको छ । घोषित बोनस सेयर वितरणपछि चुक्तापूजी बढेर ४ अर्ब ३८ करोडको उचाईमा पुग्नेछ ।