काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभाले आफ्ना सेयरधनीलाई ७०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बुधबार वीरगञ्जको होटल भिष्वामा सम्पन्न कम्पनीको १८ औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव बमोजिम ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

देशकै टप जीवन बिमा कम्पनीको रुपमा रहेको नेपाल लाइफको हालको चुक्तापूँजी ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । बोनस सेयरको प्रस्ताव पारित गरेसँगै चुक्तापूँजी बढेर ४ अर्ब ३९ करोडको उचाईमा पुुगेको छ । 

यसैगरी, कम्पनीको वार्षिक साधारणसभाले १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । यसअघि यो कम्पनीमा रहेको संस्थापक र सर्वसाधारण सेयरको ७०ः३० को संरचना परिवर्तन भई ६०ः४० बनेको छ ।