काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निश्कासन गरेको एफपीओमा सातौ दिनसम्म ३२ करोड ८५ लाख ६३ हजार २ सय रुपैयाँ बराबरको  आवेदन परेको छ । 

कुल ४ अर्ब ९५ करोडको एफपीओमा सातौ दिनसम्म पनि अत्यन्त न्यून आवेदन परेको हो । 

बैंकले प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले असार १५ गतेदेखि १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको थियो । 

सातौ दिनसम्म एफपीओमा ११ हजार ६१ वटा मात्र आवेदन परेका छन् । यो अवधिसम्म ११ लाख ७३ हजार ४ सय ४० कित्ता मात्र बिक्री भएको छ । यो हिसाबले नेपाल बैंकको एफपीओमा सातौ दिनसम्म ७ प्रतिशत कित्ता समेत बिक्री नभएको पाइएको छ । 

एफपीओ निश्कासनपछि यो बैंकको सेयर मूल्य दोश्रो बजारमा लगातार घटिरहेको छ । दोश्रो बजारमा बिहीबारको बैंकको अन्तिम बिक्री मूल्य एफपीओ मूल्य भन्दा ६ रुपैयाँले मात्र बढी रहेको छ ।