काठमाण्डौ । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी र कलंकीमा अवस्थित नेपाल नेशनल हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । 

मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार दुवै अस्पतालले एक अर्काको सेवासुविधालाई बिरामीको उपचारमा सफलतापूर्वक उपयोग गर्ने लक्ष्य राखिएको मेडिसिटीले जारी गरेको विज्ञप्तिमा उल्लेछ छ। 

हस्ताक्षर पछि नेपाल नेशनल अस्पतालले थप एवं विशेष उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य गर्ने अस्तालका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले बताए ।

भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी अस्पताल नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित छ । पूर्णकालीन चिकित्सकहरु रहेको अस्पतालमा ७५० सैयाका लागि पुग्ने पूर्वाधारहरु रहेकाले पनि बिरामीलाई शान्त र सौहार्दपूर्ण वातावरण उपलब्ध हुने र उपचार सजिलै सम्भव हुने विश्वास गरिएको छ । साथै अस्पतालले सोही अनुरुपको सेवा प्रदान गर्दै आएको छ । हरेक भू–भाग र पृष्ठभूमिबाट आएका स्वदेशी तथा विदेशी नागरिकको स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा प्रदान गदै आएको र गर्दै जाने अस्पतालको लक्ष्य छ ।