काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निश्कासन गरेको एफपीओमा पछिल्लो समय आवेदन पर्ने क्रम बढेको छ । 

यो बैंकले २२ दिनदेखि एफपीओ निश्कासन गरेको छ । जसमा सबैभन्दा धेरै आवेदन मंगलबार परेको देखिएको छ । यो दिन मात्रै १५ हजार २ सय ४३ वटा आवेदन परेका हुन् । २२ दिनसम्म कुनै पनि दिन १५ माथि आवेदन परेको थिएन । 

एफपीओ निश्कासनको २२ औं दिनसम्म ४९ करोड ३३ लाख रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। 

यो बैंकको एफपीओमा सबैभन्दा कम आवेदन पहिलो दिन १ हजार २ सय ९८ वटा मात्र परेको थियो । 

यो बैंकले असार १५ देखि सर्वसाधारणका लागि १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ प्रतिकित्ता प्रिमियमसहित रु. २८० को दरले निश्कासन गरे पनि अझै बिक्री हुन सकेको छैन । 

यो बैंकको एफपीओमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।