काठमाण्डौ । नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाताअन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ। 

यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको सिक्का उपहार दिनेछ ।

बैंकले जारी गरेको विज्ञप्तिका अनुसार ग्राहकले निःशुल्क भिसा डेविट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एसएमएस अलर्ट, डिम्याट खाता, अन्तर शाखा कारोबार र सिआस्वा सेवा पाउने छन्। बैंकले १ वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुट पनि दिने छ।