काठमाण्डौ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटे(नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा सञ्जिव सुव्बा नियुक्त भएका छन् । 

बैंंकिङ, पेशागत विकास, शैक्षिक तथा तालिम व्यवस्थापनको क्षेत्रमा २८ वर्ष भन्दा बढीको कार्यानुभव हासिल गरेका सुब्बा यसअघि नेशनल बैकिङ्ग इन्स्ट्च्यिुटमा स्थापनाकालदेखि  प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । उनले त्यहाँ १० वर्ष योगदान गर्दै सन् २०१९ बाट भने एन.एम.बी. लघुवित्त लिमिटेडमा अध्यक्ष पदमा रहेका थिए । 

उनले थाइल्याण्डको बैंकक स्थित वेबस्टर विश्व विद्यालयमा स्थापनाकालदेखि कार्यकारी निर्देशकको रुपमा लामो समय योगदान गरेका थिए । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा समेत जिम्मेवारी बहन गरिसकेका छन् । 

उनले अमेरिकास्थित वेवस्टर युनिभरसिटीबाट अन्र्तराष्ट्रिय व्यापारमा स्नाकोत्तर गरेका छन् । सुब्बा नेपालस्थित युएनडिपीको अगुवाईमा स्थापित दिगो विकास लक्ष्य–ग्रिन फाइनेन्स प्लेटफर्मको अध्यक्ष पनि हुन् । 

१६ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । यस कम्पनीले सनराईज बैक, बैंक अफ काठमाडौं, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, ग्लोवल आईएमई बैक, एनआईसी एशिया बैंक, नेपाल बंगलादेश बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, देवः विकास बैंक, साइन रेसुंगा विकास बैक, सांग्रिला विकास बैंक, ज्योति विकास बैंक, लुम्विनी विकास बैक, एक्सल विकास बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुको लागि भिसा कार्ड, मास्टर कार्ड, युनियन पे कार्डहरुको लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आइरहेको छ ।