काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका २२ कम्पनी एकवर्षको अन्तरालमा हराएका छन् । 

नेपाल राष्टबैंकले चालुु आर्थिक वर्षको बैशाखसम्मको बित्तीय अवस्थाको समीक्षा सार्वजनिक गर्दै सूचिकृत २२ कम्पनीको अस्तित्व समाप्त भएको स्पष्ट पारेको हो । 

अघिल्लो वर्षको बैशाख मसान्तसम्म नेप्सेमा सूचिकृत कम्पनीको संख्या २ सय ३२ रहेको थियो । तर, यो वर्षको बैशाखसम्म सो संख्या घटेर २१० कायम भएको हो । बैंक तथा बित्तीय संस्थाहरुबीचको मर्जर वा एक्वीजिसनका कारण २२ कम्पनीको अस्तित्व समाप्त भएको हो । राष्टबैंकले भनेको छ । 

उसका अनुसार सूचीकृत कम्पनीहरूमध्ये १७० वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १२ वटा जलविद्युत्कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र २ वटा अन्य समूहका रहेका छन्।