काठमाण्डौ । दुई साताको अवधिमा नेपालको दोश्रो बजारमा कारोबार गर्ने कम्पनीहरुमध्ये बजार पूँजीकरणको हिसाबले मुख्य १० स्थानमा
अघिल्लो साताको तुलनामा बजार पूँजीकरणमा यो साता नवील बैंक र नागरिक लगानीकोष एक खुड्किलो माथि चढेका छन् भने हिमालयन बैंक(एचबिएल) यो सूचीबाट बाहिरी स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रवेश भएको छ । 

अघिल्लो साताको तुलनामा यो साता समग्र बजार पूँजीकरण घटे पनि नेपाल दूरसंचार कम्पनी लिमीटेडले आफ्नो पहिलो स्थानलाई कायमै राखेको छ । अघिल्लो साताभर यो कम्पनीको बजार पूँजीकरण १ खर्ब ६ अर्ब ८० करोड रहेकोमा यो साता सामान्य संकुचन भई १ खर्ब ६ अर्बमा सीमित भयो । 

अघिल्लो साता बजार पूँजीकरणको हिसाबले दोश्रो नम्बरमा रहेको नेपाल पुनर्बिमा कम्पनी यो साता तेश्रो स्थानमा धकेलियो भने तेश्रो स्थानमा रहेको नवील बैंक दोश्रो स्थानमा उक्लियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नवील बैंक ८८ अर्ब २४ करोड बजार पूँजीकरणसहित यो साता दोश्रो स्थानमा उक्लिन सफल भएको हो । नेपाल पुनर्बिमा कम्पनी भने ८६ अर्ब ४० करोडसहित तेश्रो स्थानमा झरेको छ । 

अघिल्लो साता पुनर्बिमा कम्पनीको बजार पूँजीकरण ८७  अर्ब ६० करोड थियो भने नवीलको ८६ अर्ब ६३ करोड रहेको थियो । पुनर्बिमाको पूँजीकरण घट्दा र नवीलको बढ्दा दोश्रो र तेश्रो स्थानमा रहने कम्पनी हेरफेर भएको हो । 

बजार पूँजीकरणका टप टेन कम्पनीको सूचिमा चौथो, पाँचौ, छैठौं र सातौं स्थानमा अघिल्लो सात ाझै यो साता पनि नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंक कायमै रहे । 

आठौ, नवौं र दशौं स्थानमा भने कम्पनीहरुको सामान्य फेरबदल भयो । जस्तो गत साता आठौं स्थानमा रहेको एनआइसी बैंक यो साता नवौं स्थानमा ओर्लियो भने नवौं स्थानमा रहेको नागरिक लगानीकोष(सीआइटी)आठौं स्थानमा उक्लियो । गत साता दशौं ५३ अर्ब ७९ करोडसहित दशौं स्थानमा रहेको हिमालयन बैंक यो साता टप टेनको सूचीबाट बाहिरियो । यो साता टप टेन अर्थात दशौं स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रवेश भयो । यो बैंकको बजार पूँजीकरण ५३ अर्ब १९ करोड रहेको छ ।