काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नयाँ आर्थिक वर्षको सुरुवातदेखि जीवन र निर्जीवन बिमा कम्पनीहरुको अलग अलग समूह बनाई तिनका उपसूचक समेत अलग  गरिदिएको छ । 

दोश्रो बजारमा यसअघि बिमा समूहभित्रै जीवन र निर्जीवन बिमा कम्पनीहरुले कारोबार गर्थे । अबदेखि भने जीवन बिमा समूह र निर्जीवन बिमा समूहमार्फत कम्पनीहरुले कारोबार गर्नेछन् । 

यसअघि नेप्सेको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ति भएलगत्तै चन्द्र साउदले विकास बैंक समूहबाट माइक्रोफाइनान्सलाई अलग गराएका थिए ।

दिउँसो १ बजेसम्मको कारोबारमा जीवनबिमा समूह र निर्जीवन बिमा समूहको सूचकमै उच्च गिरावट आएको छ । जीवनबिमा समूह ६४ अंकले घटेको छ भने निर्जीवन बिमा समूह ६३.३४ अंकले घटेको छ । 

बिमा समूहलाई दुईवटा बनाइएपछि अब नेप्सेमा सूचिकृत कम्पनीहरुको समूह संख्या ११ पुगेको छ ।  

नेपाल स्टक एक्सचेञ्जले आजैदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण सुरु गरेको छ ।