काठमाण्डौ । नेप्सेमा चार कम्पनीका ३२ लाख बढी नयाँ सेयर थपिएको छ । 

दुई लघुवित्त बित्तीय संस्था, एक बित्त कम्पनी र अर्को एक बिमा कम्पनीका गरी कुल ३२ लाख २९ हजार ६ सय २७ दशमलव ११ कित्ता बोनस तथा हकप्रद सेयर सूचिकृत भएको हो । 

कुन कम्पनीको कति कित्ता सेयर सूचिकृत भयो ? हेरौं सूचि:

१.नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड: १३६६१४.८५ कित्ता(बोनस सेयर)
२.फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स: १००१६५७ कित्ता(बोनस सेयर)
३.रिलायन्स फाइनान्स: २००५२९७.०८ कित्ता(हकप्रद)
४.मिथिला लघुवित्त: ८६०५८.१८ कित्ता(बोनस)