काठमाण्डौ । दोश्रो बजारमा दुई वाणिज्य बैंकको १ करोड ४० लाख बढी कित्ता सेयर थपिएको छ । 

ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको निकै ठूलो कित्ता सेयर दोश्रो बजारमा थपिएको हो । 

प्राइम कमर्सियल बैंक लिमीटेडको १ करोड २८ लाख ५३ हजार २७८.१९ कित्ता बोनस सेयर तथा ग्लोबल आइएमई बैंकको १२ लाख ६० हजार कित्ता बोनस सेयर दोश्रो बजारमा सूचिकृत भएको हो । 

पछिल्लो समय दोश्रो बजारमा सेयरको आपूर्ति मागभन्दा बढी भएका कारण समस्या भएको बताइने गरिए पनि दैनिकजसो विभिन्न कम्पनीबाट बोनस र हकप्रद सेयर थपिने क्रम जारी छ । आपूर्ति अधिक भई त्यसको तुलनामा कम माग हुँदा बजारको रौनकमा नकारात्मक प्रभाव पर्ने गर्छ ।