काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सनराइज बैंक लिमिटेडको ‘१०.२५ प्रतिशत सनराइज बैंक डिबेन्चर २०८३’ को ३० लाख इकाइ बुधबार सूचीकृत गरेको छ ।

बैंकले गत कात्तिक २० गतेदेखि रु ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो । गत असोज २९ गते बैंकले प्रतिइकाइ रु. १ हजार अंकित ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट निष्कासन अनुमति पाएको थियो । बैंकले गत भदौ २३ गते ऋणपत्र निष्कासनको अनुमति मागेको थियो । 

निष्कासित कुल इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको थियो भने बाँकी १८ लाख इकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गरेको थियो ।

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् । यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको थियो ।