काठमाण्डौ । लक्ष्मी बैंकको ‘१०% लक्ष्मी बैंक डिबेन्च–२०८६’ का २० लाख इकाइ मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। 

बैंकले गत असोज २३ गते रु. २ हजार दरका रु. २ अर्ब रुपैयाँ ऋणपत्रमा आवेदन खुलाएको थियो। जसमा कुल इकाइमध्ये ८ लाख इकाइ सर्वसाधारणका लागि रहेको छ भने बाँकी १२ लाख इकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गरेको थियो। यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० ब्याजदर पाउनेछन्।

बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गरेको थियो। यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको गरेको थियो।