काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २६ लाख बढी कित्ता सेयर मंगलबार सूचीकृत भएको छ।योसँगै भोलि बुधबारबाटै यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने सम्भावना रहेको छ।

नेप्सेमा आरम्भ चौतारी लघुवित्तको २६ लाख ३४ हजार ४८० कित्ता सेयर सूचीकृत भएको हो। साबिकको चौतारी लघुवित्त र आरम्भ लघुवित्त आपसमा १ः१ को अनुपातमा  गाभिँदा कायम हुन आएको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु. १०० दरको सेयरहरु धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी संलग्न सम्झौताबमोजिमका सर्तहरु पालना गर्नुपर्ने साउन १३ गतेको निर्णयअनुसार सूचीकरण भएको नेप्सेले जनाएको छ। 

नेप्सेले आरम्भ चौतारी लघुवित्तको पहिलो कारोबारका लागि ओपनिङ प्राइस रेन्ज ४४८.०७ रुपैयाँ तोकेको छ।