काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४.४३ लाख कित्ता सेयर थपिएको छ। 

समीट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ का लागि जारी गरेको बोनस सेयर नेप्सेमा थपिएको हो। संस्थाले चुक्तापुँजी रु. २१ करोडको २१.१० प्रतिशतले हुन आउन ४ करोड ४३ लाख रुपैयाँबराबरको अर्थात ४ लाख ४३ हजार कित्ता बोनस सेयर जारी गरेको थियो। 

सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।