काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलाममा राखेको संस्थाप समूहको सेयर उठाउने आज आज आइतबार अन्तिम मौका रहेको छ ।

संस्थाले गत भदौ १० गतेदेखि संस्थापक समूहको ८७ हजार ३०० कित्ता सेयर आज शुक्रबारदेखि लिलाम प्रक्रियाबाट बिक्री खुलाएको थियो ।

संस्थाले लिलामीमा राखेको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. २२० कायम गरेको छ । लगानीकर्ताले सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लिलामी प्रक्रियामा एक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकभन्दा बढी बोलपत्र पेस गर्न पाउने छैन ।

लगानीकर्ताले काठमाण्डौको सुन्धारास्थित सिभिल क्यापिटल मार्केट लिमिटेड तथा प्राइम कमर्सियल बैंक लिमिटडेका शाखा कार्यालयहरु बिर्तामोड, विराटनगर, वीरगन्ज, भरतपुर र नेपालगन्जमार्फत गोप्य शिलबन्दी पेस गर्नसक्ने छन् ।