काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था पनि मर्जरमा जाने भएको छ । 

नेपाल राष्ट्रबैंकले लघुवित्त संस्थाहरुको संख्या घटाउने उद्देश्यले मर्जरमा जोड दिएपछि नेरुडेले पनि मर्जरमा जाने निर्णय गर्दै एक कमिटी बनाएको छ । 
असार २७ गते बसेको लघुवित्तको संचालक समितिको बैठकले अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने गाभिने सहमति गर्न र उपयुक्त मर्जर पार्टनर खोज्न संचालक सुरेन्द्रराज भट्टराईको संयोजकत्वोमा तीन सदस्यीय मर्जर उपसमिति गठन गरेको छ । 

समितिमा संचालक डा. वेदराज आचार्य र प्रबन्ध संचालक सुधिरकुमार श्रेष्ठ सदस्य रहेका छन् । 

यो कम्पनीले उपयुक्त मर्जर पार्टनर खोजी निकट भविष्यमै गाभ्ने गाभिने निर्णय लिने बताइएको छ ।