काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

यो माइक्रोफाइनान्सको बुधबार साँझ बसेको संचालक समितिको ६२ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयर र नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।