काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २२ करोड २० लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गतवर्षको सोही अवधिका तुलनामा यस वर्षको खुद नाफा २७ दशमलव १ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले १७ करोड ४७ लाखमात्र खुद मुनाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९४ रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ३ अर्ब ३ करोड बीमाशुल्क आम्दानी गरको थियो । 

कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रहेको छ भने ४३ करोड ८१ लाख जगेडा कोषमा रकम रहेको छ । बीमा समितिले दिएको निर्देशन अनुसार चुक्ता पूँजी वृद्धि गर्नका लागि कम्पनीले ६० प्रतिशत हकप्रद जारी गर्न दिएको निवेदन धितोपत्रबोर्डमा पाइपलाइनमा छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड पुग्ने छ । 
 

कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) १७ दजशमलव ९६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय २६ दशमलव ४४ रुपैयाँ छ ।