काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ५ करोड ५ लाखमा सीमित खूद नाफा बढाएर यो कम्पनीले समीक्षा अवधिमा ८ करोड २० लाखको उचाईमा पुर्याएको हो । 

कम्पनीले बिमाशुल्कबाट १ अर्ब ३१ करोड ३७ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २ करोड १८ लाखमा सीमित थियो । 

यस्तै, अघिल्लो वर्ष १९ करोड ३१ लख रहेको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर यो वर्ष ३५ करोड ४६ लाखको उचाईमा पुुगेको छ । बिमालेखको धितोमा कर्जाबाट हुने आय समेत बढेको छ । यस्तो आय अघिल्लो वर्ष ३ करोड ३९ लाख रहेकोमा बढेर यो वर्ष ४ करोड ५१ लाखको उचाईमा पुुगेको छ । 

कम्पनीले यो अवधिमा ३९ करोड ९९ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो भुक्तानी ३२ करोडमा सीमित थियो । 

यो कम्पनीको व्यवस्थापन खर्चमा अचाक्ली वृद्धि भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ५ करोड ६९ लाख रहेको यस्तो खर्च बढेर समीक्षा अवधिसम्म ९ करोड ७० लाख पुुगेको छ । 

यो कम्पनीले बिमा लेखको संख्यामा कमालको प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ३ लाख ४२ हजार रहेको बिमालेख संख्याा बढेर ८ लाख २ हजारको उचाईमा पुुगेको छ । 

कम्पनीको जीवन बिमा कोष निकै मजबुत भएको छ । अघिल्लो वर्षको यही अवधिमा १५ अर्ब २४ करोडमा सीमित यस्तो कोष समीक्षा अवधिसम्म १८ अर्ब ३७  करोडको बनेको छ । कम्पनीले जगेडा कोषलाई समेत उस्तै मजबुत बनाएको छ । अघिल्लो वर्षको यही अवधिमा २७ करोड ४९ लाखमा सीमित जगेडाकोष बढेर यो वर्ष ३४ करोड २३ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी १९.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९२.३४ गुणा कायम भएको छ ।