काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ६ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ५ करोड ५८ लाख  रुपैयाँमा सीमित थियो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिमा १० करोड ३२ लाख रहेको खूद ब्याज आम्दानी बढाएर १२ करोड १३ लाखको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा नेशनल माइक्रोफाइनान्सले ६० करोड ८२ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ५३ करोड सापटी लिई २ अर्ब २२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २४ करोड ३० लाख निक्षेप संकलन गरी तथा १ अर्ब २४ करोड सापटी लिई १ अर्ब ४५ करोड बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष यही अवधिमा १० करोड ४० लाख रहेको रिजर्ब कोष बढाएर १४ करोड ५३ लाखको उचाईमा पुर्याएको यो कम्पनीले निस्क्रिय कर्जालाई भने नियन्त्रण गर्न सकेन । यहीकारण अघिल्लो वर्ष ०.५६ प्रतिशत रहेको यस्तो कर्जा बढेर समीक्षा अवधिमा १.३० प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकृत) ६६.५८ रुपैयाँ, प्रतिसेयर नेटवथ २२०.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.०५ गुणा कायम भएको छ ।