काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले प्रिमियमबाट हुने आम्दानीमा २१.३८ प्रतिशतले बढाएको छ । यो कम्पनीले अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ४५ करोड रहेको यस्तो आम्दानी बढाएर २ अर्ब ९८ करोडको उचाई चुमाएको हो । 

कम्पनीको खूद दाबी भुक्तानी समेत बढेको छ । अघिल्लो वर्ष ७१ करोड ६५ लाखमा सीमित दाबी भुक्तानी ६४.८६ प्रतिशतले बढेर यो वर्ष १ अर्ब १८ करोडको उचाईमा पुगेको हो । 

अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ८ लाख ९ हजार ९ सय ७० रहेको बिमालेख संख्या घटेर यो वर्ष ७ लाख १ सय ४३ मा सीमित बन्न पुगेको छ । 

कम्पनीको खूद नाफा १७ करोड ८ लाखबाट बढेर १७ करोड ११ लाख पुगेको छ भने प्रतिसेयर आम्दानी १२.९२ रुपैयाँ कायम भएको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५४.८७ गुणा कायम भएको छ । 

कम्पनीले जीवन बिमा कोषमा अघिल्लो वर्षको तुलनामा २३.११ प्रतिशतले प्रगति गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १९ अर्ब २६ करोड रहेको कोषको आकार बढी यो वर्ष २३ अर्ब ७१ करोडको उचाईमा पुगेको छ । 

यस्तै, ३९ करोड २० लाखमा सीमित रिजर्ब १४३.६३ प्रतिशतले बढेर ९५ करोड ५१ लाखको उचाईमा पुगेको छ ।