काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

कम्पनीको यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ । 

यो बिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयर वितरण तथा व्यवस्थापनपछि चुक्तापूँजी १ अर्ब ६६ करोड पुग्नेछ । 

यो कम्पनीले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १६ करोड ९५ लाख खूद नाफा आर्जन गरेको थियो । 

जगेडा कोषमा ४७ करोड १७ लाख रुपैयाँ रहेको छ भने बिमा कोष १४ अर्ब ५६ करोड पुगेको छ । यो कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६४ पैसा छ भने पीई रेसियो १.९८ गुणा रहेको छ । अघिल्लो आर्थिक वर्षको वार्षिक बित्तीय वितरणका अनुसार सेयरमूल्य नेटवर्थको करिब २२ गुणा छ