काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२.४१ प्रतिशतले खुद नाफा बढाएको छ । 

कम्पनीले प्रकाशित गरेको एक वित्तीय विवरण अनुसार चालु आबको पहिलो त्रैमासमा ५ करोड ५ लाख खुद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खुद नाफा तीन करोड ५५ लाख मात्र थियो । 

कम्पनीले प्रिमियमबाट १ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यो शीर्षक तर्फको आर्जन ७५ करोड २२ लाखमा सीमित थियो । 

यो बिमा कम्पनीको चुक्तापुँजी १ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीको सञ्चित कोष ३३ करोड ७६ लाखबाट बढेर ५८ करोड ६ लाख पुगेको छ । यसैगरी, कम्पनीको बिमा कोष १२ अर्ब ५६ करोडबाट वृद्धि भई १५ अर्ब २४ करोड पुगेको छ ।

कम्पनीको पोलिसी होल्डरको संख्या तीन लाख तेईस हजारबाट वृद्धि भई तीन लाख ४२ हजार पुगेको छ । 
नेशनल लाइफको प्रतिशेयर आम्दानी १९.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.४४ रुपैया कायम भएको छ ।