काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले आगामी साउन २७ गते आफ्नो २९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

काठमाण्डौको लाजिम्पाटमा आह्वान गरिएको साधारणसभामा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुँदैछ । यस्तै, बोनस सेयरपछि कायम हुन आउने चुक्तापुँजीको ६० प्रतिशतको दरले हकप्रद बिक्रीको अर्को प्रस्ताव समेत पेश हुने नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

नयाँ निर्देशिका अनुसार ०७५ असारसम्म सबै जीवन बिमा कम्पनीले २ अर्ब चुक्तापुँजी पुर्याउनुपर्छ । यही लक्ष्य अनुसार यो कम्पनीले बोनस लगत्तै हकप्रदको अफर समेत प्रस्तावको रुपमा लैजान लागेको हो । 

हाल यो जीवन बिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर र ६० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर २ अर्ब ६४ करोडको उचाईमा पुुग्नेछ ।