काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्तापुँजी बढाउन १:१.५ को अनुपातमा हकप्रद सेयर निकाल्ने प्रस्ताव अगाडि बढाउने भएको छ । 

संस्थाले विशेष साधारणसभामार्फत यो प्रस्ताव अगाडि बढाउन लागेको हो । संस्थाले साउन १८ गते विशेष साधारणसभा डोकेको छ।

विशेष साधारणसभामा सेयरधनीहरुका लागि १ सेयरबराबर १.५ हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव राखिने छ । 

संस्थाको अधिकृत पुँजी रु ५० करोडलाई बढाएर रु. १ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि पेस हुनेछ । त्यस्तै संस्थाको जारी पुँजी रु १० करोडबाट वृद्धि गरी रु २५ करोड पुर्याउने प्रस्ताव विशेष साधारणसभामा राखिने छ । 

संस्थाको हाल चुक्ता पुँजी रु ७ करोड रहेको छ । यसलाई बढाएर रु १७ करोड ५० लाख पुर्याउने संस्थाको विशेष प्रस्ताव हुनेछ । 

पर्वत सदरमुकाम कुश्मामा केन्द्रीय कार्यालय रहेको संस्थामा रहेको संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत सेयरलाई यथावत राखिने प्रस्ताव गरिनेछ । 

विशेषसाधारणसभामा सम्बन्धित निकायको स्वीकृति लिई आफ्ना ग्राहकका लागि मात्र बीमा अभिकर्ताका रुपमा काम गर्ने सम्बन्धमा पनि संस्थाले प्रस्ताव राख्नेछ । 

विशेष साधारणसभा संस्थाको केन्द्रीय कार्यालयमा बस्नेछ ।