काठमाण्डौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (साउन १ गते) देखि शेयरधनीहरुका लागि हकप्रद शेयरको निष्काशन तथा विक्री खुल्ला गरेको छ । 

कम्पनीले ९९ लाख ३६ हजार ४ सय ७७ कित्ता हकप्रद शेयर निष्काशन तथा विक्री खुल्ला गरेको हो । 

कम्पनीले शेयरधनीहरुका लागि १० शेयर बराबर नयाँ ६ शेयरको अनुपातमा प्रति शेयर १ सय रुपैयाँको दरले हकप्रद शेयर निष्कासन गरेको हो । 

हकप्रद शेयर खरिदका लागि असार २१ गतेसम्म कायम साविक शेयरधनीहरु मात्र योग्य 
हुने छन् । 

इच्छुक शेयरधनीले भदौ ४ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउने छन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल रहेको छ ।
हकप्रद शेयर खरिदका लागि एनआईविएल एस क्यापिटल लिमिटेड तथा शाखा कार्यालय, नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रजिष्टर्ड कार्यालय र नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सकिनेछ । 

हकप्रद पछि नेशनल लाईफको चुक्तापुँजी २ अर्ब ६४ करोड पुग्नेछ ।