काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ३ अर्ब ७४ लाख ४० हजार ५३५ रुपैयाँबाट १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनस सेयरमा लाग्ने कर कम्पनीले व्यहोर्ने भएको छ ।

उक्त निर्णय बीमा समितिबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।