काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमास विवरण अनुसार अघिल्लो वर्ष सोही अवधिको तुलनामा झन्डै ५३.२८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । 

संस्थाको सार्वजनिक चौथो त्रैमास विवरण अनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा रु १३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष यही अवधिमा संस्थाले रु ८ करोड ५७ लाख खुद नाफा गरेको थियो । 

संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको उसको खुद ब्याज आम्दानीतर्फको बढोत्तरीले देखाउँछ । कम्पनीको खुद ब्याज आम्दानी रु २६ करोड ६४ लाख रहेको छ  । जुन अघिल्लो आर्थिक वर्षमा रु १७ करोड २३ लाखमा सीमित थियो । 

संस्थाले सञ्चालन मुनाफा रु २० करोड ८ लाख पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा रु १३ करोड ४७ लाखमात्र रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि रु ३ करोड १७ लाख छुट्याएको छ । यो अघिल्लो रु १ करोड ५२ लाखमा सीमित थियो । 

यस अवधिमा कम्पनीले रु २ अर्ब २८ करोड १९ लाख सापटी लिई ३ अर्ब ६६ करोड ५४ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा रु १ अर्ब ६८ करोड १७ लाख सापटी लिई रु २ अर्ब ३८ करोड १ लाख ऋण प्रवाह गरेको थियो । 

संस्थाको समीक्षा अवधिमा चुक्ता पुँजी रु १५ करोड ८ लाख रहेको छ। अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी पनि त्यति नै रहेको थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै सतप्रतिशतले छलाङ मारेको छ । अघिल्लो वर्ष १२ करोड रु २८ लाखमा सीमित संस्थाको जगेडा कोषको आकार बढेर समीक्षा अवधिमा रु २४ करोड १२ लाख पुर्याइएको छ । 

संस्थाको प्रतिसेयर आम्दानी रु ८७.१२ रहेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८.१७ गुणा, प्रतिसेयर नेटवर्थ रु २५९.८६ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु २७८०.४१ रहेको  ।