काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाले आज बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले बम्पर लाभांशको प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँको ७५ प्रतिशतले हुन आउने ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ७५ लाख ४४ हजार १५० रुपैयाँ नगद लाभांश (बोनस सेय र नगद लाभांशको करसहित) वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

संसथाले अल्लिो आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७३/७४ मभा २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।