काठमाण्डौ । विश्वविख्यात मोवाइल कम्पनी नोकियाले लामो समयपछि फेरि एकपटक मोवाइल मार्केटमा उत्रिने फैसला गरेको छ । कम्पनीले पछिल्लो समय केही स्मार्टफोन बजारमा लञ्च गरेको छ । यसमा पुराना आइकोनिक ‘विण्डो फोन ३३१० मोडल’ समेत सामेल छ । कम्पनीले यो फोन विश्वका केही बजारमा पेश गरिसकेको छ । मिडिया रिपोर्टहरुका अनुसार यो फोन निकै चाँडै भारत र नेपालको बजारमा समेत भित्रिदैछ । 

अहिलेको स्मार्टफोन बजार १७ वर्षअघि लञ्च भएको नोकियाको ३३१० मोडेल भन्दा निकै अगाडि पुगिसकेको छ । यो फोनमा कुनै पनि नयाँपन छैन । यो फोनलाई ‘डम्प फोन’को समेत संज्ञा समेत दिइएको छ ।

नोकियाको विण्डो ३३१० मोडल कस्तो छ भन्ने आम कौतुुहुुलता छ । केही एजेन्सीको रिपोर्ट अनुसार ३३१० मोडल पहिलाजस्तै छ । यदि तपाईले यो फोन केही विशेष प्रविधि तथा विशेषताका साथ आएको भन्ने सोचिरहनुुभएको छ भने तपाईलाई धोका हुनेछ । यदि क्यामेरालाई छाडिदिने हो भने नोकिया ३३१० मोडल पुरानो भन्दा फरक छैन । ब्रिटिस अखबार द गार्जियनका अनुसार क्यामेरालाई छाडिदिने हो भने यो फोन पुरानो भर्सनभन्दा केही पनि फरक छैन । 

लञ्चिङमै प्रश्नचिन्ह ?
स्मार्टफोन इण्डस्ट्रीसँग जोडिएको जानकारहरुका अनुसार नोकियाको यो फोन लञ्चको औचित्यमाथि नै प्रश्न उठेको छ । उनीहरुका अनुसार अहिलेको स्मार्टफोन बजार १७ वर्षअघि लञ्च भएको नोकियाको ३३१० मोडेल भन्दा निकै अगाडि पुगिसकेको छ । यो फोनमा कुनै पनि नयाँपन छैन । यो एक सामान्य फोन भन्दा केही पनि फरक छैन । यो फोनलाई ‘डम्प फोन’को समेत संज्ञा समेत दिइएको छ ।

नोकियाको ३३१० मोडल फ्लप हुनसक्ने प्रशस्त कारणहरु रहेका छन् । यीमध्ये मुख्य ५ कारण हेरौं :

१.विश्वको मोवाइल क्षेत्र फोरजी र फाइभजीतर्फ अगाडि बढिरहेको छ । तर नोकिया ३३१० मोडेल मात्र टुुजीको हो । 

२.यसको मूल्य ४९ यूरो राखिएको छ । जबकि नेपालको मोवाइल बजारमा सामसंगजस्तो ब्राण्डको फिचर फोन यो भन्दा आधा मूल्यमै प्राप्त हुन्छ । 

३.पुराना ३३१० को जस्तै यो पनि सेरिज थट्टी प्लस अपरेटिंग सिस्टममा चल्छ । यसको अर्थ, यो फोनबाट तपाईले फेसबुक, ट्वीटर जस्ता सोसियल एप चलाउन सक्नुुहुन्न । 

४.पुरानो भर्जनका कारण तपाई ह्वाट्सएप जस्ता मेसेञ्जर एप समेत चलाउन सक्नुुहुन्न । यसको अर्थ तपाईले यो फोन लिए म्यासेजबाट मात्रै काम चलाउनुपर्ने हुन्छ । 

५.स्मार्टफोनको प्रयोग बढिरहेको समयमा यो फोनको पुरानो कीप्याड ग्राहकमैत्री छैन । स्मार्टफोनको तुलनामा यस्तो कीप्याडलाई छिटो चलाउन असंभव छ ।